प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार धनुषामा भेटिएका ६ संक्रमित मध्ये एकजना राज्यमन्त्री यादवकी सहयोगी र पाँचजान प्रदेशसभा २ का मर्यादापालक छन्।
प्रदेश सभाको चौथो अधिवेशन सुरु गर्न गत जेठ १६ गते प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, मर्यादापालक, मन्त्रीका सुरक्षा गार्ड, चालकसहितका गरी ३ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको थियो।
जसमध्ये सभामुखदेखि सबै मन्त्री, सांसद र केही कर्मचारीको रिपोर्ट निगेटिभ आएको थियो। तर बिहीबार आएको रिपोर्टमा राज्यमन्त्रीका सहयोगी सहित ६ जनामा कोरोना संक्रमण भेटिएको छ। राज्य मन्त्रीका ती सहयोगी महिला रहेको बुझिएको छ।
संक्रमित ६ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
प्रदेशसभाका पाँच मार्यादापलकसहित ६ जनामा कोरोना संक्रमण भेटिएपछि बिहीबार ३ बजेको लागि डाकिएको प्रदेशसभाको बैठक स्थगित भएको छ।
प्रदेश २ सभामा कार्यरत सुरक्षाकर्मी र मर्यादापालकसहित २४ घण्टामै थपिए १०२ नयाँ संक्रमित
Shares

प्रतिक्रिया