सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन्।
शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताए।
‘राजतन्त्रले गुमाएको नेपाली भूभाग गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको छ’, उनले भने।
‘निरंकुश पञ्चायती तानाशाहीका प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने दिमा हामी आइपुगेका छौँ’, प्रचण्डले भने।
नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलक एकतालाई सुदृढ गर्ने समय आएको बताउँदै अध्यक्ष प्रचण्डले ऐतिहासिक महाअभियानलाई सफल पार्ने देशको गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट सुरु भएको बताए। उनले भने, ‘गुमेको भूमि फिर्ता लिने प्रक्रियाबाट यहाँसम्म आइपुगेक हौं, राष्टि«समझदारी बनाएका छौं, संविधान संशोधन गर्दै नक्सा सच्याइयो। अब निशान छाप सच्चिन्छ।’
नेपालको नक्सासँग सम्बन्धित विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन बालुवाटार गएको र सबै दलसँग संवाद छलफल गरेर, राष्ट्रिय सहमति बनाएर निर्णय गर्दा राम्रो हुन्छ भन्ने सुझाब दिएको उनले स्मरण गरे।
नेपालको नक्सासँग सम्बन्धित विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिन बालुवाटार गएको र सबै दलसँग संवाद छलफल गरेर, राष्ट्रिय सहमति बनाएर निर्णय गर्दा राम्रो हुन्छ भन्ने सुझाब दिएको उनले स्मरण गरे।
‘मैले पनि सर्वदलीय बैठक बस्नुपर्यो तपाईंसँग छलफल गर्ने योजनामा थिए, तपाईंले प्रस्ताव ल्याउनुभयो’, भेटमा प्रधानमन्त्री ओलीले भनेको भनाइ स्मरण गर्दै प्रचण्डले भने।
उनले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विषयमा आफूहरुले ०४६ र ०६२÷०६३ पछि बनेका सरकाहरुले भारतसँग वार्ता गर्दा नेपालको भूगोल र सीमानाको सन्दर्भमा राम्रोसँग कुरा उठेको दावी गरे।
उनले भारतलाई अप्ठ्यारोमा पार्न यो विधेयक नल्याएको बताउँदै उनले नेपाली जनताको भावनालाई, चहानालाई र हाम्रो सम्स्यालाई बुझोस भन्ने चाहहेको बताए।
उनले वार्ता र सहमतिबाटै समस्या समधान गर्ने पक्षमा आफूहरु रहेको उनको भनाइ थियो।

प्रतिक्रिया