समाज


कोरोना संक्रमित देखिन थालेपछि चीनका केही स्थानमा फेरि लकडाउन, दोस्रो लहरको त्रास

कोरोना संक्रमित देखिन थालेपछि चीनका केही स्थानमा फेरि लकडाउन, दोस्रो लहरको त्रास

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ७:५९,

एएफपीका अनुसार बेइजिङमा शनिबार ६ नयाँ कोरोना संक्रमित देखिएका छन्। स्थानीयबाटै कोरोना संक्रमण भएको भन्दै बेइजिङका केही स्थानमा लकडाउन लागू गरिएको एएफपीले जनाएको छ।

लामो समययता चीनमा नयाँ कोरोना संक्रमित देखिएका थिएनन् भने त्यहाँ मृत्युदर शुन्य छ।

हाल बेइजिङको फेङताइ जिल्लाको ११ वटा आवासीय क्षेत्रमा लकडाउन गरिएको छ। दक्षिणी बेइजिङको सिनफादी मासु बजारमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्थानीय संक्रमणको खतरा बढेको भन्दै लकडाउन गरिएको हो।

बेइजिङमा ५० दिनपछि स्थानीयबाट स्थानीयमा कोरोना संक्रमण भएको देखिएको हो।

कोरोनाको उद्गमस्थल चीनमा हालसम्म ८३ हजार ७५ मा कोरोना पुष्टि भएको छ। त्यहाँ ४ हजार ६३४ को मृत्यु भइसक्दा ७८ हजार ३६७ उपचारपछि स्वस्थ बनेका छन्।

चीन कोरोना प्रभावित राष्ट्रको १८ औं स्थानमा छ। अमेरिका, ब्राजिल, रुस, भारत हाल कोरोनाबाट निकै प्रभावित छन्।

कोरोनाको दोस्रो लहरको खतरा आउने विज्ञहरुले चेतावनी दिइरहेको समयमा चीनका नयाँ संक्रमितहरु देखिएका हुन्।

हालै विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वका केही देशमा कोरोना महामारीको दोस्रो लहर देखापर्न थालेको बताएको छ।

सुरुमा लकडाउन, सामाजिक दूरीलगायत प्रतिबन्ध लगाइएका देशमा कोरोना केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दै गएकाले दोस्रो लहरका रूपमा संक्रमण पुनः देखिन थालेको डब्लूएचओले चेतावनी दिएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad