ad ad

राजनीति


चुनाव जित्ने ट्रम्पको रणनीतिः चिनियाँ अधिकारीलाई अब प्रतिबन्ध नलगाउने घाेषणा

चुनाव जित्ने ट्रम्पको रणनीतिः चिनियाँ अधिकारीलाई अब प्रतिबन्ध नलगाउने घाेषणा

नेपालखबर
असार ९, २०७७ मंगलबार २:२,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आदिवासी युगुर मुस्लिम समुदायका मानिसलाई बन्धक बनाएको अभियोगमा अब चिनियाँ अधिकारीलाई प्रतिबन्ध नलगाउने भएका छन्।

चीनले युगुरसहित अन्य आदिवासी समुदायका झन्डै १० लाख मानिसलाई सिन्जियाङको डिटेन्सन सेन्टरमा राखेको छ र उनीहरूलाई यातना दिने र ज्यादती हुने गरेको आरोप लागिरहेको छ। तर चीनले यो आरोप अस्वीकार गरिरहेको छ।

यस विषयमा संयुक्त राष्ट्रसंघले समेत चिन्ता व्यक्त गरिरहेको छ। यही निहुँमा अमेरिकाले पनि चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइरहेको छ।

तर चीनसँगको व्यापार सम्झौताको तयारी मध्य चरणमा पुगेकाले अबदेखि चिनियाँ अधिकारीलाई प्रतिबन्ध नलगाउने ट्रम्पले बताएका हुन्।

एक्सिओस न्युज साइटसँगको अन्तर्वार्तामा ट्रम्पले चीनसँग ‘उत्कृष्ट’ सम्झौता हुन लागेकाले थप प्रतिबन्ध नलगाउने बताएका हुन्।

युगुर डिटेन्सन सेन्टरका सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टीका थप अधिकारीलाई प्रतिबन्ध लाग्छ वा लाग्दैन भन्ने प्रश्नको जवाफमा ट्रम्पले भनेका छन्, ‘हामी प्रमुख व्यापार सम्झौताको मध्य समयमा छौं। जब वार्ताको मध्य समयमा हुन्छौं, तब थप प्रतिबन्ध लगाउने कुरा हुँदैन। हामीले धेरै प्रतिबन्ध लगाइसक्यौं। अब लाग्दैन।’
गत शुक्रबारको त्यो अन्तर्वार्ता अमेरिकी न्युज वेबसाइटले आइतबार प्रकाशन गरेको छ।

अमेरिकाका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो पुस्तकमा ट्रम्पले आफू पुनः राष्ट्रपतिमा निर्वाचित हुन चीनका राष्ट्रपति सी चिनफिङसँग सहयोग मागेको उल्लेख गरेका छन्। त्यस क्रममा उनले युगुर समुदायलाई डिटेन्सन सेन्टर बनाउने काममा अमेरिकाको कुनै अवरोध नहुने बताएको उनले खुलासा गरेका छन्। जुन कुरा ट्रम्पको पछिल्लो अभिव्यक्तिले पुष्टि गरेको छ।

यसैकारण त्यो पुस्तक प्रकाशन नै हुन नदिने प्रयत्नमा ट्रम्प लागिपरेको समाचार पनि सार्वजनिक भएका छन्।

याे पनि: कोरोना महामारीकै बीच ट्रम्पले गरेको चुनावी सभा ‘रित्ताे’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .