राजनीति


कोरोना महामारीकै बीच ट्रम्पले गरेको चुनावी सभा ‘रित्ताे’

कोरोना महामारीकै बीच ट्रम्पले गरेको चुनावी सभा ‘रित्ताे’

नेपालखबर
असार ८, २०७७ सोमबार २:४०,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपति चयनका लागि आउने नोभेम्बरमा हुने चुनावमा मत बटुल्न कोरोना महामारीकैबीच पहिलो चुनावी सभा सम्पन्न गरेका छन्।

लकडाउन खुकुलो पारिएपछि उनले स्थानीय समयअनुसार शनिबार साँझ ओक्लोहोमामा र्‍याली र सभा गरेका हुन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार टल्सास्थित ब्यांक अफ ओक्लोहोमा सेन्टरमा हुने चुनावी सभामा सहभागी हुन १० लाखभन्दा बढी व्यक्तिले टिकटका लागि आवेदन दिएको दाबी गरिए पनि त्यसअनुसार सहभागिता देखिएन। १९ हजार मानिस अट्ने ब्यांक अफ ओक्लोहोमा सेन्टरका धेरैजसो सिट खाली नै देखिएको थियो।

सहभागी धेरै हुने अनुमान गर्दै राष्ट्रपति ट्रम्पले सेन्टरबाहिर खुला ठाउँमा सम्बोधन गर्ने व्यवस्थासमेत मिलाएका थिए। तर सहभागी कम भएपछि सेन्टरमै सभा गरिएको थियो।

यस्ता सभाबाट कोरोना संक्रमण अझ फैलिने चिन्ता स्वास्थ्य अधिकारीले व्यक्त गरेका थिए। सभा नगर्न भन्दै अदालतमा मुद्दा पनि परेको थियो।

रिपब्लिकनको वर्चस्व रहेको ओक्लोहोमामा भएको चुनावी सभामा ट्म्पले झन्डै २ घण्टा लामो सम्बोधन गरेका थिए। त्यस क्रममा कोरोना को परीक्षण कम गर्न पनि उनले आग्रह गरे। परीक्षण धेरै गरिँदा संक्रमितको संख्या धेरै देखिने भन्दै उनले यसो भनेका हुन्। उनको यो भनाइलाई पछि उनको टोलीले व्यंग्यका रूपमा अथ्र्याएको छ।

उनको चुनावी सभामा सहभागी हुन आएका व्यक्ति भने ट्रम्पको समर्थनका लागि स्वास्थ्यको पर्वाहै नगरेको देखिएको थियो। स्थानीय अधिकारीका अनुसार सभा सुरु हुनुभन्दा केही अघि आयोजक टोलीकै ६ जनामा कोरोना संक्रमण देखिएको थियो। तर धेरैजासे सहभागी ट्रम्पजस्तै मास्क नलगाइ सभामा उपस्थित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .