गान्धीले हालै भारत र चीनबीच जारी सीमा विवादको विषयमा धारणा राख्दै सरकारको आलोचना गरिरहेका छन्।
गान्धीले दोहोर्याउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग आत्मसमर्पण गरेको, भारतीय भूमि चीनले कब्जा गर्दा तथा भारतीय सेना मारिँदासमेत सरकारले केही गर्न नसकेको बताइरहेका छन्।
एएनआईसँग कुरा गर्दै शाहले संकटको घडीमा राहुल गान्धीले फोहोरी राजनीति गरेको र त्यो उनका पार्टीले आत्मचिन्तत गर्नुपर्ने विषय भएको बताएका छन्।
Interview to Asian News International (ANI). https://t.co/cVrXrwymXR
— Amit Shah (@AmitShah) June 28, 2020शाहले भनेका छन्,‘मुद्दामा चर्चा गर्ने हो भने संसदमा बहस गरौं। तर जब देशका सेना सिमानामा संघर्ष गरिरहेका छन्, सरकारले आफ्नो अडानसहित ठोस कदम उठाइरहेको छ यस्तो अवस्थामा गान्धीको अभिव्यक्तिले पाकिस्तान र चीनलाई खुशी बनाएको छ। यस्ता बयान दिनु हुँदैन।’ एजेन्सी
— Rahul Gandhi (@RahulGandhi) June 23, 2020China took our land.
?? is negotiating to get it back.
China says it’s not Indian land. PM has publicly supported China’s claim.
Why is PM backing China and not ?? and our army?https://t.co/CrLrKxcEl9

प्रतिक्रिया