समाज


कोरोना जन्तर वितरण गर्ने कम्पनीले दियो यस्तो स्पष्टीकरण

कोरोना जन्तर वितरण गर्ने कम्पनीले दियो यस्तो स्पष्टीकरण

नेपालखबर
असार १४, २०७७ आइतबार ९:२४,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा धेरैजसो सदस्यहरुले कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) घाँटीमा झुण्ड्याएका छन्।

सो कार्डबारे धेरै चर्चा हुन थालेपछि नेताहरुलाई कार्ड वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफूले नगरेको स्पष्टीकरण दिएको छ। कार्ड वितरण गर्ने कम्पनीले नै त्यसको असरबारे अनभिज्ञता जनाएको छ।

कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हल्ला बजारमा आएको तर आफ्नो कम्पनीले विक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताए। उनले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफूले विक्री वितरण गरेको स्पस्ट पारे। उनले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफूलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै बिक्री वितरण गरिएको बताए।

उनले भने, ‘म डक्टर पनि होइन्, म साइन्टिस्ट पनि होइन म त एउटा व्यापारी हुँ। मलाई यसमा सर्टिफिकेसन के छ यो एफटीए एप्रुभ हो कि होइन भन्ने कुरा मैले सोधे, एउटा के क्लियर हो भने यो बियोन्ड द वर्ल्ड ट्रेडिङ्ले आयात गरेको भन्ने कुरा आइराखेको छ। त्यहाँ अलिकति भ्रम भएको देखेको छु। अनि अलिकित अलमल पनि भयो होला सायद मैले बोलेका मिडियाहरुमा। मैले सामानहरु आयात गरेको छैन। यो अर्को पार्टीले गरेको अर्को पार्टी भनेको अर्को फर्म हो। मैले अहिलेसम्म चाइनाबाट केही पनि आयात गरेको छैन।’

अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी बिक्री वितरण गरेको केसीले स्पस्ट पारे।

उनले भने, ‘एफडीए फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन यो अमेरिकी सर्टिफिकेट र आरओएजएस रेस्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन युरोपियन युनियनले दिएको सर्टिफिकेट आयातकर्ताले उपलब्ध गराएको हुँदा यसको मार्केटिङ गरिएको बताए।

जन्तरले कोरोना भगाउने नभई स्यानिटइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पारे। उनले देश बाहिरको बजारमा चलनचल्तिमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस् भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताए।

उनले भने, ‘बाहिरतिर चलनचल्तीमा आएको चिज रैछ। नेपालीको किन यसमा पहुँच नपुर्याउने भनेर हामीले यसको मार्केटिङ गर्यौं। बाहिर मार्केटमा भनेको जस्तो मार्केटिङमा कोरोना भाइरस रिमुभिङ कार्ड भनेर गरेका पनि छैनौं। त्यो सहि कुरा पनि हैन। भाइरस रिमुभिङ कार्ड भनिसकेपछि यसमा भएको केमिकल क्लोरिङ डाइअक्साइड अनि अरु दुई तीनवटा छन्। भाइरसलाई डिस्ट्रोएड गर्ने क्षमता राख्दछ भन्ने कुराचाहिं यो आएको छ।’

आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उनले स्पस्ट पारे। उनले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको बताए। केही हदसम्म असर गर्ने भएपनि मापदण्ड भन्दा माथि नभएको स्पस्ट पारे। उक्त कार्ड ६ सय रुपैयाँमा किनेर ६ सय २५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्ममा विक्री गरेको उनले बताए।

उक्त कार्डमा क्लोरिन डाइअक्साइड, जियोलाइट, ग्यासस्टेन्ट रिलिजड लगायतका केमिकलहरु प्रयोग भएको बताए। बजारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना विक्री वितरण गरेको भन्ने विषयमा भने केसीले आयात गर्ने बेलामा नरोकेर विक्री वितरण गर्ने बेलामा रोक्न खोज्नु उचित नभएको बताए।

विज्ञ भन्छन्: नेताहरुले घाँटीमा झुन्डाएको कार्डले कोरोना रोक्दैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad