फ्रेन्चाइज रियालिटी शो ‘भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी गायिका मेचु धिमालको कौडा गीत सार्वजनिक भएको छ। मेचुले आफ्नै युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
विशेषगरी मगर समुदायमा गाइने यो कौडा गीतलाई रुचाइएको छ । सार्वजनिक भएको एक साता बित्दा मेचुको आफ्नै च्यानलमा राखिएको गीत साढे ६ लाख बढी दर्शकले हेरिसकेका छन्।
‘फसायौ नि मिठो बोलेर’ गीतमा भ्वाइस अफ नेपालमा मेचुका गुरु समेत रहेका करणराज कार्कीको संगीत र युवा गीतकार लेखु सहयात्रीको शब्द छ। देवेश राईको संगीत संयोजन रहेको गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका हुन् ।
सुजन मार्फा तामाङ र स्वयम मेचु धिमालको अभिनय रहेको गीतमा अनिल के. मानन्धरको छायाँकन र प्रविण भट्टको सम्पादन रहेको छ। मगर समुदायको संस्कृति, भेषभुषा झल्किने गीतको भिडियो निर्देशन मौसम हामालीले गरेका हुन् ।
भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया