राजनीति


रौतहट मौलापुर-१ का अध्यक्षको आरोपः हाम्रो नगरपालिकामा व्यापक भ्रष्टाचार भइरहेकाे छ (भिडियो)

रौतहट मौलापुर-१ का अध्यक्षको आरोपः हाम्रो नगरपालिकामा व्यापक भ्रष्टाचार भइरहेकाे छ (भिडियो)

नेपालखबर
असार १८, २०७७ बिहिबार ४:४२,

प्रदेश २ मा पर्ने रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामप्रवेश यादवले आफ्नो नगरपालिकामा ‘ब्रह्मलुट मच्चाइएको’ आरोप लगाएका छन्।

मनोजकुमार साह नामको ट्विट ह्यान्डलबाट नेपालखबरसहित विभिन्न सञ्चारमाध्यमलाई ट्याग गरिएको भिडियोमा वडाअध्यक्ष यादवले भ्रष्टाचारमा अख्तियारका मानिससमेत मिलेको गम्भीर आरोप लगाएका छन्।

यस विषयमा बिहीबार बिहान नेपालखबरले सम्पर्क गर्दा वडाध्यक्ष यादवले त्यो भिडियो आफ्नै भएको पुष्टि गरे। तर ट्विटरमा भिडियो सार्वजनिक गर्नेले आफ्नो थर भने गलत लेखेको बताए। ‘मेरो थर साह होइन, यादव हो,’ उनले भने, ‘भूलवश साह लेखिएको होला, तर म यादव हुँ।’

उनले टेलिफोनमा सम्पर्कमा पनि आफ्नो नगरपालिकामा व्यापक भ्रष्टाचार भइरहेको दाबी गरे। ‘अहिले म बाटोमा छु,’ उनले भने, ‘म सबै प्रमाण पेस गर्न तयार छु, व्यापक भ्रष्टाचार भएको छ।’

यता मौलापुर नगरपालिकाकी प्रमुख (मेयर) रीनाकुमारी साहले भने आरोप पूर्णतः झुटो भएको दाबी गरेकी छन्। उनी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहकी श्रीमती हुन्।

बिहीबार बिहान नेपालखबरले राखेको जिज्ञासामा मेयर साहले भनिन्, ‘आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएको झोंकमा उहाँ (वडाध्यक्ष रामप्रवेश यादव) ले त्यस्तो झुटो आरोप लगाउनुभएको हो, यहाँ त्यस्तो कुनै भ्रष्टाचार भएको छैन,’ उनले भनिन्। 

पहिले आफ्नो स्वार्थ पूरा हुँदासम्म ती वडाध्यक्षले ‘प्रभु साह एकदम राम्रो नेता, विकासप्रेमी’ भन्ने गरेको साहकी पत्नी एवं मेयर साहले सुनाइन्। ‘अहिले स्वार्थ पूरा हुन छाडे, त्यही भएर त्यस्तो आरोप लगाएका हुन्।’

यादव पनि नेकपाबाटै निर्वाचित वडाध्यक्ष हुन्। सुनौं उनको भिडियो बयानः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad