तनहुँको भानु नगरपालिका-१ की २२ वर्षीया युवतीको पौडी खेल्ने क्रममा मृत्यु भएको छ। स्थानीय तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए।
पानीमा डुबेपछि युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएको थियो। अस्पताल पुर्याउनासत चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
साथीसँगै उनी पौडी खेल्न दहमा गएकी थिइन्। उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको प्रहरीले जनाएको छ।
यसैबीच तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ।
बुधबार साँझ अचानक करेन्ट लाग्दा स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो। करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया