राजनीति


नेकपा विवाद : सचिवालयमा पनि जुटेन सहमति

नेकपा विवाद : सचिवालयमा पनि जुटेन सहमति

नेपालखबर
साउन ३, २०७७ शनिबार १३:३८,

पार्टीभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा पनि सहमति जुटन सकेन।

शनिबार दिउँसो सवा तीन बजेबाट बसेको सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले बैठकमा पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा छलफल भएकाे जानकारी दिए। उनले सचिवालय बैठकमा पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी थप छलफल गर्ने सहमति भएको बताए।

प्रवक्ता श्रेष्ठले आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको बताए।

‘पार्टीभित्र देखिएका विभिन्न समस्याका बारेमा छलफल भयो’, प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘कुनै ठोस् सहमतिमा पुगिएको छैन, भोलि स्थायी समितिको बैठक तोकिएकै समयमा बस्छ।’

बैठकमा  दुवै अध्यक्षले अहिलेको संकटको सहमतिका आधारमा निकास दिने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने दिशामा अगाडि बढ्ने बताएकाे उनले जानकारी दिए।

‘अध्यक्ष कमरेडहरुले अहिलेको पार्टीको समस्या र संकटलाई सहमतिको आधारमा निकास दिएर पार्टी एकताको पनि रक्षा गर्ने र राष्ट्र र जनताले दिएको जिम्मेवारी पनि पूरा गर्ने दिशामा अगाडि बढ्नुपर्छ भन्नुभयो’, पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने।

सचिवालय बैठक सकिएलगत्तै दुवै अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

दुई अध्यक्षसँगै महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि राष्ट्रपति निवास पुगेका छन्।

याे पनि: सचिवालय बैठकलगत्तै नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड पुगे राष्ट्रपति निवास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .