राजनीति


६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सन दिन कांग्रेसको माग

६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सन दिन कांग्रेसको माग

नेपालखबर
साउन १, २०७६ बुधबार १२:२४,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले ५८ वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव आफ्नो पार्टीले स्विकार गर्न नसक्ने पनि स्पष्ट पारे। समितिका सदस्य समेत रहेका नेता बडुले राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामती कर्मचारीहरुको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने तर्क पनि गरे।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए। उनले काम नबढाउने तर सेवा र सुविधामात्रै कर्मचारीहरुलाई थप गरेर राष्ट्रको व्ययभार बढाउने पक्षमा आफू नरहेको पनि बताए।

विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ। त्यसप्रति नेता शर्माको आपत्ति छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad