राजनीति


बालुवाटार पुगेर देउवाले दिए प्रधानमन्त्री ओलीलाई यस्तो सुझाब

बालुवाटार पुगेर देउवाले दिए प्रधानमन्त्री ओलीलाई यस्तो सुझाब

नेपालखबर
साउन ८, २०७७ बिहिबार ९:११,

प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति देउवाले कोरोना भाइरसको सामना र नियन्त्रण गर्नका लागि विशेष रणनीति निर्माण गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।

कोरोना संक्रमितको संख्या बढीरहेकै बेला सरकारले लकडाउनको अन्त्य गरेलगत्तै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।

नेपालमा कोरोना संक्रमितको संख्बढीरहेको र अहिलेसम्म ४३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको भन्दै लकडाउन खुलेपछिका चुनौती सामना गर्न नयाँ र विशेष रणनीति बनाउन सभापति देउवाले सुझाब दिएको कांग्रेसले जनाएको छ।

भेटमा सभापति देउवाले विदेशमा अलपत्र नेपालीको तत्काल उद्धार गर्न काग गरेका थिए। उनले पीसीआर विधिबाट मात्रै परीक्षण गर्न र क्वारेन्टिनलाई थप व्यवस्थित गराउन समेत माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad