नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले पूर्वगृहमन्त्री गोविन्दराज जोशी र अर्का दुई नेतालाई कारवाही गरेकोमा त्यसको बिरोध गरेका छन्।
कांग्रेसको अनुशासन समितिले शनिबार जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई पार्टीबाट निष्काशित गरेको थियो।
उनले सो कारवाहीलाई आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गरिएको भन्दै त्यसलाई दुर्भाग्यपूर्ण निर्णय भनी टिप्पणी गरेका छन्।
‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?’
— Dr Shekhar Koirala (@Shekharnc) July 26, 2020आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।
याे पनि: पूर्वगृहमन्त्री गोविन्दराज जोशी र अन्य दुई नेता कांग्रेस पार्टीबाट निष्काशित
Shares

प्रतिक्रिया