समाज


बाबुले हाँकेको ट्रक पल्टिँदा २० वर्षीय छोराको मृत्यु

बाबुले हाँकेको ट्रक पल्टिँदा २० वर्षीय छोराको मृत्यु

नेपालखबर
साउन ११, २०७७ आइतबार ५:१२,

मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ना ४ ख ७०४ नम्बरको ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मृतक राजका बाबु लक्ष्मीनारायण चौधरी घाइते भएका छन्। उनी ट्रकका चालक हुन्।

बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ चौधरीको च्यापिएर मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad