गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धी गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्न हेल्लो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयको कार्यसम्पादन थप प्रभावकारी,पारदर्शी, तथा चुस्त बनाउन मन्त्रालयको गुनासो व्यवस्थापन शाखाअन्तर्गत हेल्लो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताए।
गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझाव टोल फ्रि नम्बर १११२, इमेलमा [email protected] र ह्वाट्एप्प नम्बर ९८५१३६०६०३ मा गर्न सकिने जनाएको छ।
132
Shares

प्रतिक्रिया