राजनीति


प्रदेश २ का कानुनमन्त्री यादवलाई कोरोना संक्रमण

प्रदेश २ का कानुनमन्त्री यादवलाई कोरोना संक्रमण

नेपालखबर
साउन २२, २०७७ बिहिबार ५:१५,

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोना संक्रमित भएका छन्।

बुधबार साँझ आएको कोरोना परीक्षण रिपोर्टअनुसार यादवमा संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ।

बुधबार मात्र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै ८ जना कर्मचारी संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको थियो।

कोरोना संक्रमित भएपछि मन्त्री यादव आफ्नै घरमै आइसोलेसनमा बसेन छन्।

झण्डै एक हप्ताअघि मन्त्री यादव काठमााडैंमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेर प्रदेश फर्किएका थिए।

Province home ministersएक हप्ताअघि प्रधानमन्त्री र गृहमन्त्रीसँग प्रदेशका आन्तरिक मामिला मन्त्री, सुरक्षा निकाय प्रमुखहरु लगायतको बैठकमा प्रदेश २ का मन्त्री ज्ञानेन्द्रकुमार यादव (तस्बिरमा बायाँबाट तेस्रो) पनि सहभागी थिए। (तस्बिर : गृह मन्त्रालय)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad