राजनीति


भारतको पश्चिम बंगालमा कोरोना संक्रमणबाट अर्का ठूला नेताको निधन

भारतको पश्चिम बंगालमा कोरोना संक्रमणबाट अर्का ठूला नेताको निधन

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ४:२०,

कोरोना भाइरसको संक्रमणबाट भारतको मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता एवं पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको निधन भएको छ।

बीबीसी हिन्दीका अनुसार कोलकातास्थित एक अस्पतालमा ७६ वर्षीय चक्रवर्तीको बिहीबार निधन भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि गत जुलाई ३० तारिखमा उनलाई अस्पताल भर्ना गरिएको थियो। तर उनको अवस्थामा कुनै सुधार हुन सकेन र अन्ततः बिहीबार निधन भयो।

पश्चिम बंगालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी दोस्रा ठूला नेता हुन्। यसअघि कोरोना संक्रमणबाटै तृणमूल कांग्रेसका विधायक तमोनास घोषको निधन भएको थियो।

चक्रवर्ती सन् १९८२ देखि १९९६ सम्म पश्चिम बंगाल राज्यमा यातायात मन्त्री थिए।

नेता चक्रवर्तीकाे निधनप्रति मुख्यमन्त्री ममता बनर्जी एवं उनको पार्टीले गहिरो शोक व्यक्त गरेका छन्।

चक्रवर्तीकी छोरी उषसी अभिनेत्री हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad