राजनीति


विष्णु रिमाल भन्छन् : नारायणकाजी श्रेष्ठजी पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस

विष्णु रिमाल भन्छन् : नारायणकाजी श्रेष्ठजी पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ६:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नाराणयकाजी श्रेष्ठमाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन्।

पछिल्लो समय प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन भूमिका खेलेको चर्चा चलिरहेका बेला सल्लाहकार रिमालले विधि र पद्दतिका नाममा नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्न श्रेष्ठलाई चेतावनी दिएका हुन्।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै पदको लाज जोगाउनसमेत आग्रह गरेका छन्।

‘नारायणकाजी श्रेष्ठजी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!’, ट्विटरमा रिमालले लेखेका छन्।

उनले मुलुक संवेदनशील मोडमा रहेको बताउँदै पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट हुन नहुने बताएका छन्। 

पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुग्दै पछिल्लो समय दुई अध्यक्षबीचको संवादसमेत नहुने अवस्थामा पुगेको छ।

पछिल्लो समय प्रचण्ड–नेपाल समूहले नेकपा बिट हेर्ने पत्रकारहरुसँग अन्तरक्रिया गर्दै पार्टीभित्रको लडाइँ पद र प्रतिष्ठाको नभइ ‘विधि र पद्दति’को भएको बताएपछि ओली समूह आक्राशित बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad