राजनीति


छिमेकी देशको अतिक्रमणकारी नीतिका कारण सीमामा समस्याः गृहमन्त्री थापा

छिमेकी देशको अतिक्रमणकारी नीतिका कारण सीमामा समस्याः गृहमन्त्री थापा

नेपालखबर
साउन २८, २०७७ बुधबार ११:११,

गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताए। सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपाल भित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उनले बताए। यो प्रवृति नहट्दासम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताए।

उनले भने, ‘हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसका कारणहरु छन्। पिलरहरु उखेलेर फाल्दिने अथवा नेपालभित्र ल्याएर गाड्ने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडी एउटा कारण देखिन्छ।’

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृहमन्त्री थापाले बताए। यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उनले बताए।

सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताए। उनले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताए।

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाई छ। उनले नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको बताए।

सोही आधारमा स्ट्रिप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको पनि उनले बताए। सीमा समस्या समाधानका लागि कुटनीतिक पहल आवस्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad