राजनीति


पर्खाल बनाउँछौँ भनेर दातालाई ठगेको आरोपमा ट्रम्पका पूर्वसल्लाहकार पक्राउ

पर्खाल बनाउँछौँ भनेर दातालाई ठगेको आरोपमा ट्रम्पका पूर्वसल्लाहकार पक्राउ

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १४:३०,

ह्वाइट हाउसका पूर्वसल्लाहकार स्टिभ ब्याननलाई ठगीको आरोपमा पक्राउ गरिएको छ।

मेक्सिकोको सीमामा पर्खाल लगाउने भन्दै दाताबाट चन्दा उठाएर ठगी गरेको आरोप ब्यानन र अन्य तीन जनालाई लगाइएको छ।

सरकारी अभियोक्ताहरुले उनीहरुलाई लाखौँ दातालाई ठग्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

ब्याननसहितका ती व्यक्तिले पार्खालका लागि भनेर अढाई करोड डलरभन्दा बढी रकम उठाएका थिए।

ब्याननले सो रकम पूरै पर्खाल निर्माणमा खर्च हुने बताएका थिए। तर, उनीहरुले लाखौँ डलर मनपरी खर्च गरेको आरोप छ।

ब्याननले सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको नेतृत्व गरेका थिए। ट्रम्पले चुनाव जितेपछि उनी ह्वाइट हाउसका रणनीतिकार बनेका थिए। तर, अगस्ट २०१७ मा ट्रम्पले उनलाई हटाएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad