नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका विनय विक्रम राणालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
बुधबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच राणालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
उनी यही भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए।
पदोन्नति भएका उपरथी राणालाई श्री पश्चिम पृतना हेड क्वाटरको पृतनापतिको जिम्मेवारी दिईएको छ।
3
Shares

प्रतिक्रिया