राजनीति


राष्ट्रपति भण्डारीद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त

राष्ट्रपति भण्डारीद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १८:१५,

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको रिक्त एक पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले गौतमलाई बुधबार बेलुका ८ बजे माथिल्लो सदनको सदस्य पदमा नियुक्त गरेकी हुन्।

भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो।

नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमले त्यसयता थुप्रैपटक सांसद बन्ने प्रयत्न गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad