राजनीति


कोरोना नियन्त्रणमा सरकारले गरेको काम उत्साहजनक : प्रधानमन्त्री

कोरोना नियन्त्रणमा सरकारले गरेको काम उत्साहजनक : प्रधानमन्त्री

नेपालखबर
असोज ३, २०७७ शनिबार ५:१५,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको काम उत्साहजनक भएको दावी गरेका छन्।

स‌ंविधान दिवसका अवसरमा शनिबार बिहान सै‌निक मञ्‍चमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका काम उराठलाग्दो नभई उत्साहजनक रहेको बताएका हुन्।

कोरोनाको महामारी रोक्न सरकार अफसल भएको र सरकारले यसबारे प्रभावकारी कदम चनल्न नसेको भनेर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

 ‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्’, उनले भने, ‘कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ।’

प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताए।

उनले कोरोनाको महामारी पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउँदै विकासको गति केही सुस्त भए पनि नरोकिएको बताए। उनले महामारीको अवस्था नआएको भए अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा सरकार रहेको दावी समेत गरे।

प्रधानमन्त्री ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको बताउँदै अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको बताए। उनले भ्रष्टचारीका विरुद्ध बोल्दा मुखमा पानी नहाल्ने बताए।

‘मैले पटकपटक भन्दै आएको छु, ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad