राजनीति


‘युद्ध हुनेछ र ताइवानकी राष्ट्रपति निष्काशित हुनेछिन्’

‘युद्ध हुनेछ र ताइवानकी राष्ट्रपति निष्काशित हुनेछिन्’

नेपालखबर
असोज ३, २०७७ शनिबार १३:१,

उक्त लेखमा ताइवानकी राष्ट्रपति साइ इंग–वेनले अमेरिकासँग घनिष्ठ सम्बन्ध गाँस्न चाहेको विषय उल्लेख गरिएको छ।

यस विषयमा पत्रिकामा ताइवानकी राष्ट्रपतिको कुनैपनि उत्तेजक गतिविधिले चीनको कानुन उल्लंघन भए युद्ध हुने र साइ इंग–वेन निष्काशित हुने चेतावनी दिइएको छ।

अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी किथ क्र्याच बिहीबार मात्र ताइवान पुगेका छन्। चीनले यस भ्रमणलाई वैधानिकता दिएको छैन किनभने चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गर्दछ।

आफूले दाबी गर्दै आएको भूभाकमा अमेरिकाले गतिविधि बढाएपछि चीनले ताइवान र अमेरिका दुवैलाई चेतावनी दिन सैन्य अभ्यास पनि थालेको छ।

शुक्रबार मात्र १८ चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा उडेका थिए। आज शनिबार पनि चीनका १९ युद्धक विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले पुष्टि गरेको छ।

चीनले ताइवानलाई आवश्यक परे आक्रमण गरेरै नियन्त्रणमा लिनसक्ने बताइरहँदा अमेरिकाले ताइवानसँगको सम्बन्धलाई बढावा दिँदै आएको छ।

ताइवानले पनि आफूले चीनको भनाइ नमान्ने र आफू स्वतन्त्र देश भएको बताउँदै आएको छ। अमेरिकी र ताइवानको कदमबाट चीन सन्तुष्ट छैन।

यसबीचमा चीनको मुखपत्रको रुपमा रहेको ग्लोबल टाइम्समा ताइवानलाई चेतावनी दिँदै लेख प्रकाशित गरिएको हो।

केही समय अगाडि मात्र चीनका राष्ट्रपति सी चिनफिङले ताइवान चीनबाट अलग्याउन चाहने समूहबाट खतरा उत्पन्न भएको बताएका थिए।

उनले चिनियाँ जनमुक्ति सेनलाई युद्धको अभ्यास सुरु गर्न निर्देशन दिएका थिए। यसबीचमा ताइवानले पनि आफ्नो सैन्य शक्ति बढाउँदै लगेको छ।

यो पनिः

ताइवानले भन्योः हामीमाथि आक्रमण गर्ने शक्ति चीनसँग अझै छैन

‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’

चीनसँग विवाद बढ्दै जाँदा ताइवानले यसैवर्ष ६६ वटा अमेरिकी युद्धक विमान भित्र्याउने

ताइवानले भन्योः चीनको एक देश दुई प्रणाली यहाँ चल्दैन 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad