राजनीति


वामदेव गौतमको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ

वामदेव गौतमको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ

नेपालखबर
असोज ७, २०७७ बुधबार ७:३५,

सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा दायर भएको रिटमा बुधबार सुनुवाइका लागि पेशी तोकिएको छ।

गौतमको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा तोकिएको छ।

अधिवक्ताहरु दिनेश त्रिपाठी र बद्रीराज भट्टले दायर गरेको रिटमा सुनुवाइ हुँदैछ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा हारेको व्यक्तिलाई सरकारको सिफारिशमा उपल्लो सदनमा नियुक्ति गरिएपछि त्यसबिरुद्ध रिट दायर गरिएको हो।

निर्वाचनमा हारेको व्यक्तिलाई सरकारको सिफारिशमा उपल्लो सदनमा नियुक्ति गरिएपछि त्यसबिरुद्ध रिट दायर गरिएको हो।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौतमलाई बर्दिया १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमले हराएका थिए।

राष्ट्रिय सभामा राष्ट्रपतिले सरकारको सिफारिशमा समाजमा विशिष्ट योगदान पुर्‍याएका तीनजना व्यक्तिलाई मनोनित गर्ने प्रावधान अनुसार उनलाई नियुक्ति गरिएको हो।

सो सिटमा सुरुमा मनोनित भएका डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल पुरा भएर रिक्त भएपछि गौतमलाई नियुक्त गरिएको हो।

गौतमलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा नेकपाभित्र छलफल चलिरहेका बेला उनलाई सांसद नै नबनाउन माग गरिएको हो। राष्ट्रिय सभामा सरकारले कस्ता व्यक्ति मनोनित गर्ने भन्ने विषयमा प्रष्ट मापदण्डसमेत जारी गर्न साे रिटमा माग गरिएकाे छ।

मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई असोज १ गते राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

याे पनि: 
राष्ट्रिय सभामा वामदेव गौतमको नियुक्तिबिरुद्ध सर्वोच्चमा रिट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad