दक्षिण कोरियाले आफ्ना एक अधिकारीलाई उत्तर कोरियाले गोली हानी जलाएको आरोप लगाएको छ।
माछा व्यवसायको रेखदेख गर्ने ती अधिकारी सोमबारदेखि हराइरहेका थिए। डुंगामा समुद्री गस्तीमा गएका बेला उनी बेपत्ता भएका थिए।
त्यसपछि उनी उत्तरको नियन्त्रणमा रहेको समुद्रमा पुगेको र उनलाई उत्तर कोरियाली सैनिकहरुले गोली ठोकेर जलाएको दक्षिण कोरियाको सेनाले बताएको छ।
ती ४७ वर्षीय अधिकारीलाई कोरोना सर्ने डरले उत्तर कोरियाली अधिकारीहरुले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ।
यही महिनाको सुरुवातमा उत्तर कोरियाली कोरोना संक्रमण भित्रिन नदिन बाहिरिया व्यक्तिलाई देख्नेबित्तिकै गोली ठोक्ने आदेश दिएको सञ्चारमाध्यमहरुले जनाएका थिए।
उत्तरको यो कार्यलाई बर्बरता भन्दै दक्षिण कोरियाली रक्षा मन्त्रालयले घटना संलग्नलाई कारबाही गर्न चेतावनी दिएको छ। एजेन्सी
Shares

प्रतिक्रिया