भारतका उपराष्ट्रपति एम वेंकैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ।
उनको अफिसमा सबैको नियमित परीक्षण गर्दा ७१ वर्षीय उपराष्ट्रपतिमा कोरोना देखिएको हो।
उनमा कुनै लक्षण नदेखिएको र उनको स्वास्थ्य सामान्य रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
‘आज बिहान गरिएको नियमित परीक्षणमाा उपराष्ट्रपतिमा कोभिड–१९ पुष्टि भएको छ। उहाँमा कुनै लक्षण छैन र स्वास्थ्य राम्रो छ,’ उपराष्ट्रपति कार्यालयले ट्विटमार्फत् जानकारी दिएको छ।
उनकी श्रीमती उषा नायडुलाई भने संक्रमण देखिएको छैन।
भारतको राज्य सभाको अध्यक्ष समेत रहने उपराष्ट्रपति नायडुले सो सदनको बर्षे अधिवेशनमा भाग लिएका थिए। सो सभाका २५ जना सदस्यमा कोरोना देखिएपछि सो अधिवेशन पनि छिटै टुंग्याइएको थियो।
3
Shares

प्रतिक्रिया