राजनीति


लुम्बिनी प्रदेशका सभामुखमा कोरोना संक्रमण

लुम्बिनी प्रदेशका सभामुखमा कोरोना संक्रमण

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १२:५२,

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ।

आज शुक्रबार नै यसअघि साेहि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा संक्रमण पुष्टि भएकाे थियाे।

बिहीबार बेलुकाबाट स्वास्थ्यमा एक्कासी समस्या आएपछि सभामुख घर्तीको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ।

सभामुख घर्तीलाई अहिले पनि उच्च ज्वरो आइरहेको छ। उनी घरमै आइसोलेसनमा बसेका छन्।

यसैबीच सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीलाई पनि कोरोना पोजिटिभ देखिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रूत स्वाब परीक्षण)मा उनलाई कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुष्टि गरे।

‘सभामुख ज्यु र कानुनमन्त्री ज्यूलाई कोरोना देखिएको छ, कानुनमन्त्रीको सामान्य लक्षण छ, सभामुखज्युलाई अलि बढी लक्षण देखिएको छ’, बरालले नेपालखबरसँग भने।

गत मंगलबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमण हुनसक्ने भन्दै भोलि (शनिबार) परीक्षण गर्न लागेको उनले बताए ।

‘बैठकमा सहभागी भएका मुख्यमन्त्री लगायत अन्य मन्त्री उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी को परीक्षण भोलि गराउँछौं,’ उनले भने।

प्रदेशको राजधानी र नाम टुंगो लगाउने प्रस्ताव पारित गर्ने क्रममा प्रदेश सभामा नाराबाजी, सांसद तथा सुरक्षाकर्मी लगायतबीच ठेलमठेल हुनुका साथै कुर्सी तोडफोड समेत भएको थियो भने सडक जुलुस तथा बिरोध प्रदर्शन समेत भएको थियो।

त्यसले गर्दा धेरै मानिसमा संक्रमण फैलिएको हुनसक्ने त्रास बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad