राजनीति


चिनियाँ राष्ट्रपति सीले हङकङकी प्रमुखसँग सेनजेनको भ्रमण गर्ने

चिनियाँ राष्ट्रपति सीले हङकङकी प्रमुखसँग सेनजेनको भ्रमण गर्ने

नेपालखबर
असोज २५, २०७७ आइतबार ११:२८,

ग्वाङदोङ प्रान्तमा रहेको सेनजेनमा सी र लामले यसै हप्ताको भ्रमण गर्ने तालिका रहेको एससीएमपीले जनाएको छ।

सेनजेन विशेष आर्थिक क्षेत्र घोषणा भएको ४० औं वार्षिकोत्सवको अवसरमा यो भ्रमण हुन लागेको हो।

एससीएमपीका अनुसार सेनजेनमा सीले क्यारी लामसँगै मकाउका कार्यकारी प्रमुख हो लात–सेंगसँग पनि भेटघाट गर्नेछन्।

बिहीबार कार्यक्रमको अयोजना गरिएपनि सी भने मंगलबार नै त्यहाँ पुग्ने अपेक्षा गरिएको जनाइएको छ।

अमेरिकासँग विवाद जारी रहेको समयमा सीले चीनको सिलिकन भ्यालीको रुपमा परिचित सेनजेनमा खुला नीतिको प्रतिवद्धतामाथि चर्चा गर्ने अनुमान गरिएको छ।

यसअघि सी र लामबीच गत डिसेम्बरमा बेइजिङमा भेटघाट भएको थियो। त्यसबेला सीले लामले हङकङमा भएको सरकाविरुद्धको आन्दोलनलाई राम्रोसँग नियन्त्रणमा लिएको भन्दै उनको प्रशंसा गरेका थिए।

यसवर्ष त चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरिसकेको छ। यस कानुनअनुसार चीनको आलोचना र अपमान गरिए त्यस्ता विषयलाई अपराधिकरण गरेर कारवाही अगाडि बढाइनेछ।

सेनजेनलाई सन् १९८० अगष्ट २ मा विशेष आर्थिक क्षेत्रको रुपमा तोकिएको थियो। देशलाई विश्वका लागि खुला गर्ने प्रयासको रुपमा नेता देङ साओपिङले सेनजेनलाई विशेष आर्थिक क्षेत्र तोकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad