राजनीति


दसैँको शुभकामना दिँदै भारतीय राजदूतले भने : नेपालीको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस्

दसैँको शुभकामना दिँदै भारतीय राजदूतले भने : नेपालीको राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस्

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार ११:२३,

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले विजय दशमीको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन्।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूत क्वात्राले नेपालीहरुलाई दसैंको शुभकामना दिएका हुन्। असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजय दशमी भएको भन्दै उनले यो पर्वले राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्याओस् भनि कामनासमेत गरेका छन्।

‘असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजय दशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाईंं र तपाईंको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस्’, ट्विटरमा राजदूत क्वात्राले लेखेका छन्।

उनले उक्त ट्विट नेपाली भाषामै लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad