राजनीति


नेकपाको आन्तरिक विवादमा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपतिप्रति भीम रावल रुष्ट

नेकपाको आन्तरिक विवादमा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपतिप्रति भीम रावल रुष्ट

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ४:१०,

राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो भूमिकाप्रति सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आपत्ति प्रकट गरेका छन्।

सामाजिक सञ्जाल मार्फत् रावलले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई गलत भन्दै बिरोध गरेका हुन्।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ सामाजिक संजाल ट्वीटरमा शुक्रबार बिहान रावलले लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’ 

पछिल्लो समय नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी अध्यक्ष केपी ओलीको पक्षमा लागेको आरोप लाग्दै आएको छ।

राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो नेकपा उपाध्यक्ष वामदेव गौतम रबुधबार गृहमन्त्री रामबहादुर थापा बादललाई शीतलनिवास बोलाएर भेट गरेकी छन्। बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीसँग छुट्टै भेटवार्ता गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad