राजनीति


नेतृत्वले विवेक गुमाएपछि पार्टी र नेतृत्वलाई नै खुइल्याउने क्रम सुरु हुन्छ : पोखरेल

नेतृत्वले विवेक गुमाएपछि पार्टी र नेतृत्वलाई नै खुइल्याउने क्रम सुरु हुन्छ : पोखरेल

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ५:४९,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले नेतृत्वको कमजोरीका कारण पार्टी र नेतृत्वमाथि खुइल्याउने क्रम सुरु हुने बताएका छन्।

शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार भएको घटनाप्रति संकेत गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाएपछि माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुने बताएका छन्।

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।

जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरुहुन्छ ।

Posted by Shankar Pokhrel on Saturday, November 21, 2020

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad