गायक बेग राना र गायिका मन्जु लावतीको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘लौरी टेकेको’ गीतको भिडियो सार्वजनिक भएको छ।
युवा अवस्थामा रहेका प्रेमी–प्रेमिकाबीचको भावनात्मक प्रेमका संवादहरु समेटिएको गीतमा गायक रानाकै शब्द तथा लय रहेको छ।
म्युजिक भिडियोमा लामश शर्मा र सरु धिमालको अभिनय रहेको छ।
दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा छ।
हेरौँ भिडियो

प्रतिक्रिया