कला


विवादका बिच अस्ट्रेलियामा रहेका गायक सुजन चापागाईंले मागे माफी

विवादका बिच अस्ट्रेलियामा रहेका गायक सुजन चापागाईंले मागे माफी

नेपालखबर
असार १४, २०८३ आइतबार १२:२५, काठमाडौँ

शनिबार अस्ट्रेलियामा रहेका गायक सुजन चापागाईंले विज्ञप्ति जारी गरे। जुन प्रेसनोट सांगीतिकभन्दा पनि व्यक्तिगत जीवनसँग सम्बन्धित थियो।

खासमा उनी केही दिनदेखि विवादमा छन्। टिकटक र सामाजिक सञ्जालमा युवतीहरूसित ‘अनुचित’ कुराकानीका स्क्रिनसट भाइरल भएपछि उनको निकै आलोचना भइरहेको छ।

यसैबिच चापागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

जसमा उनले विगतमा निकट सम्बन्धमा रहेका र नजिक ठानेका साथीहरूसँग सन्देश आदानप्रदान गरेको स्वीकार गर्दै उनले त्यसबाट सिर्जित दुःखद परिस्थितिप्रति माफी मागेका छन्।

तर, सामाजिक सञ्जालमा सार्वजनिक सबै सामग्रीबारे भने आफू अनभिज्ञ रहेको दाबी पनि उनले गरेका छन्।

‘जे जति सामग्रीहरू सोसल मिडियामा आएका छन्, ती सबैका सबैप्रति चाहिँ म अनभिज्ञ छु। मेरो सोसल मिडिया मैले मात्र ह्यान्डल गर्न सम्भव नभएको हुँदा विभिन्न काल खण्डमा सोसल मिडिया म्यानेजरहरूले म्यानेज गर्ने गरेको र सोही समयमा कहीँ कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ। साथै मेरो नामका धेरै फेक अकाउन्टहरू सक्रिय रहेको जानकारीमा आएको छ,’ उनले लेखेका छन्।

यी अनैतिक र अनुत्तरदायिक हर्कतका विरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु भइसकेको उनले उल्लेख गरेका छन्। साथै अस्ट्रेलिया सांगीतिक यात्रा सकिएलगत्तै नेपाल गएर कानुनी उपचारमा जाने उनको भनाइ छ।

साथै, दर्शक, स्रोता, परिवार, आफन्त र साथीभाइप्रति आगामी दिनमा गम्भीर आत्मसमीक्षा गर्दै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेतना अझ बलियो बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

‘मेरो बदनियत नहुँदा नहुँदै यहाँहरूले बेहोर्नुपरेको समस्याको निम्ति माफी चाहन्छु,’ उनले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad