अभिनेता अनमोल केसी यतिखेर अमेरिकामा छन्। केहीदिनअघि अमेरिका पुगेका उनले आज विश्वकप फुटबलमा आफूलाई मनपर्ने खेलाडी लियोनल मेसीको खेल हेरेका छन्।
नेपाली समयानुसार आज बिहान भएको अर्जेन्टिना र जोर्डनबीचको गेम हेर्न उनी टेक्सासको ड्यालसस्थित रंगशालामा पुगेका थिए। जहाँ उनले गेम हेरेर रमाउँदै गरेका तस्विर/भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका छन्।
बाल्यकालदेखि नै मेस्सीका फ्यान रहेका अनमोल आफ्नो फेभरेट टिम र खेलाडी मेस्सीको पक्षमा हुटिङ समेत गरे। जुन उनले सार्वजनिक गरेको भिडिओमा हेर्न सकिन्छ। क्वाटरफाइनलसम्मको गेम हेर्ने उनको तालिका छ।
अनमोलले फिल्म ‘क्याप्टेन’मा फुटबल खेलाडीको भूमिका समेत निर्वाह गरेका थिए।
60
Shares

प्रतिक्रिया