ad ad

राजनीति


नेताविरुद्ध लेखाउन प्रधानमन्त्रीले मिडिया हाउस नै खोलेको माधव नेपालको दाबी

नेताविरुद्ध लेखाउन प्रधानमन्त्रीले मिडिया हाउस नै खोलेको माधव नेपालको दाबी

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १३:३०,

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीकै नेताहरुका बारेमा जथाभावी लेखाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया हाउस नै खोलेको आरोप लगाएका छन्।

प्रदेश नम्बर १ का केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा सचिव, सांसदहरुको पेरिस डाँडामा शुक्रबार गरिएको भेलालाई सम्बोधन गर्दै नेपालले त्यसका लागि प्रधानमन्त्री ओलीले आफैले तथ्यहरुको तोडमोड गर्ने कार्य गरेको समेत आरो लगाए।

‘प्रधानमन्त्रीले आफूसँग असहमत हुने नेताहरुका विरुद्ध जथाभावी लेखाउनका लागि गैरव्यावसायीक मिडिया हाउस नै खोल्नु भएको छ,’ नेपालको भनाई उद्धृत गर्दै भेलामा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘त्यसमा छापिने सामग्रीका लागि प्रधानमन्त्री ओली आफैले तथ्यहरुको तोडमोड गर्ने गर्नु भएको छ। उहाँहरुसँग असहमति राख्नेहरुविरुद्ध त्यहाँ लेखाउने गर्नुभएको छ।’

तर सम्बोधनका क्रममा उनले त्यस्तो कुन मिडिया हो भनी नाम भने लिएनन्।

कार्यक्रममा नेता नेपालले ओलीलाई काम गर्ने पर्याप्त समय दिँदा पनि काम गर्न नसकेको र पछिल्लो समय एक नेताकाविरुद्ध अर्कोलाई लडाउन भिडायन खोजेको समेत दाबी गरेका थिए।

‘एक जनालाई भेट्दा अर्कोको कुरा काट्ने र फाटो ल्याउन खोज्ने गर्नुहुन्छ। एकअर्काविरुद्ध कुरा लगाउने र मिल्न नदिने गरिरहनुभएको छ, जुन ठीक होइन,’ नेता नेपालले भनेका थिए।

नेपालले एकपछि अर्कालाई लक्षित गरेर विभिन्न गतिविधि गरेपछि त्यो प्रवृत्तिविरुद्ध अहिले अन्य नेताहरु एकजुट भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .