जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनविरुद्ध प्रदेश २ का जिल्लाहरुमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको छ।
जिल्लाको सदरमुकामहरुमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको हो।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै शुक्रबार जनकपुरको शिवचौकमा पुत्ला जलाएका हुन्।
जनता समाजवादी पार्टीको केन्द्रीय कमिटीको पूर्व सर्कुलर अनुसार जनकपुरसहित सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि जसपाले संसद विघटन विरुद्ध प्रदर्शन गर्दै पुतला जलाएका छन्।
जसपाका कार्यकर्ताहरुले असंवैधानिक निर्णय खारेज गर, संसद विघटन फिर्ता गर, प्रतिनिधिसभा पुनर्स्थापना गर लगायतका नारा लगाएका छन्।
जनता समाजवादी पार्टीको केन्द्रीय कमिटीको सर्लकुलर अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते जिल्लाभर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया