राजनीति


काठमाडौँ आइपुगे प्रचण्ड

काठमाडौँ आइपुगे प्रचण्ड

नेपालखबर
पुस २५, २०७७ शनिबार ११:४२,

पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत गएका प्रचण्ड स्वदेश फर्किएका छन्।

अध्यक्ष प्रचण्ड शनिबार अपरान्ह ४ बजे नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्किएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए।

अध्यक्ष प्रचण्डको स्वागतका लागि पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन र प्रचण्डको सचिवालयका केही सदस्य त्रिभुवन विमानस्थल पुगेका थिए।

सीता दाहालको अहिले मुम्बईकै न्युरोजेन ब्रेन एन् स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ।

सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि प्रचण्ड स्वदेश फर्किएका हुन्।

दाहाल प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडित छन्। उनको यसअघि सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल, अमेरिकाको जोन हकिन्स अस्पताल र भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठमा लगेर आयुर्वेदिक विधिबाट पनि उपचार गरिएको थियो।

भारत लानुअघि पनि दाहालको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad