समाज


उडेको केहीबेरमै इन्डोनेसियामा ५० यात्रु बोकेको बोइङ ७३७ विमान बेपत्ता

उडेको केहीबेरमै इन्डोनेसियामा ५० यात्रु बोकेको बोइङ ७३७ विमान बेपत्ता

नेपालखबर
पुस २५, २०७७ शनिबार ११:२५,

श्रीविजया एयरको विमान शनिबार राजधानी जाकार्ताबाट उडेको केहीबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ।

उक्त विमान दुर्घटनामा परेको आशंका गरिएको छ। फ्लाइटराडार२४ डटकमका अनुसार विमान यस विमान एक मिनेटभन्दा कम समयमै दश हजार फिट तल आएको थियोl

इन्डोनेसियाको यातायात मन्त्रालयले विमनको खोजी कार्य जारी राखेको प्रतिक्रिया जनाएको छ।

एसजेवाई१८२ कल साइन भएको यस विमान २७ वर्षयता सेवामा रहेको जानकारी दिइएको छ।

यसअघि इन्डोनेसियामा सन् २०१८ को अक्टोबर २९ मा बोइङको विमान दुर्घटनाग्रस्त बनेको थियो।

त्यसबेला ७३७ म्याक्स विमान दुर्घटनामा पर्दा उक्त विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।

हालको विमान ७३७ मोडलको भएपनि म्याक्स भने नभएको बताइएको छ।

US FAA in Final Stages of Boeing 737 MAX Review, Could Approve November 18  – Arise News

उक्त दुर्घटनापछि बोइङको म्याक्स ७३७ पुनः दुर्घटनामा परेको थियो। इथियोपियन एयरलाइन्सको विमान सन् २०१९ मार्च १० मा दुर्घटनामा परेको थियो।

त्यसबेला विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको थियो। बोइङको म्याक्स ७३७ लगातार दुर्घटनामा पर्दा उक्त मोडलका विमानहरु विश्वभर ग्राउन्डेड भएका थिए।

विमानको आपूर्तिकर्ताहरुले पनि उक्त मोडलका विमान खरिद गरेनन्। यस क्रममा बोइङले ठूलो आर्थिक संकट व्यहोरेको थियो।

हालै बोइङ ७३७ वेपत्ता भएको खबरले बोइङलाई अर्को झट्का लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad