प्रधानमन्त्री केपी शर्मा ओलीले सभा सम्मेलनमा ओलीले आफूलाई जोकर भन्ने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई कडा शब्दमा जवाफ दिएका छन्।
शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले मान्छे नहँसाएर रुवाउँदै हिँडुँ त भन्ने प्रश्न समेत गरे।
‘उहाँहरुलाई बडा चिन्ता लागेछ, दुःख लागेछ, केपी ओली मान्छे हसाउँछ, मान्छे हँसाएर हिँड्छ’, ओलीले भने, ‘अनि के मान्छे मार्दै, विधवा बनाउँदै, टुहुरा-टुहुरी बनाउँदै, दुनियालाई रुवाउँदै हिँडु त म?’
उनले आफूले देशको अनुहारमा मुस्कान ल्याउन चाहेको बताए। ‘हाम्रा,बालबालिका, किशोर, किशोरी, युवा, बाआमा, मजदुर किसानका अनुहारमा मुस्कान ल्याउन चाहान्छु’, उनले भने। उनले सरकारले त्यसका लागि काम गरेको समेत बताए।
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली जोकरजस्तो बनेको र सभा समारोहका नाममा प्रहसन गर्दै हिँडेको आरोप लगाएका थिए। सोही आरोपको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन्।
उनले प्रचण्डमाथि विभत्स क्रियाकलाय गरेर दृश्य हेरेर जनता रुवाएको आरोप लगाए। उनले जनता हाँसेको किन पीर परेको भन्दै प्रश्न गरे।
उनले माधव प्रचण्डले देशबासीलाई रुवाउन खोजेको बताउँदै आफूहरुले रुवाउन नदिने बताए। ‘रुवाउन खोजेका थियौँ, सक्दैनौँ, सकेनौँ, रुवाउन दिइने छैन’, उनले भने।
प्रधानमन्त्री ओलीले निर्वाचनमा जान खोज्दा देश डुब्यो भन्ने भ्रम चलाएको आरोप लगाए।
प्रतिक्रिया