रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी विपक्षी नेता एलेक्सी नभाल्नीलाई साढे ३ वर्षको जेल सजाय तोकिएको छ।
पाँच महिनापछि जर्मनीबाट स्वदेश फर्कनासाथ गिरफ्तार गरिएका उनलाई मस्को (रुसको राजधानी) एक न्यायाधीशले जेल पठाउने निर्णय सुनाएका हुन्।
बीबीसीका अनुसार यसलाई नभाल्नीले राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको आरोप लगाएका छन्।
उनलाई ३ हप्ताअघि त्यहाँको प्रहरीले गिरफ्तार गरेको थियो। उनीविरुद्ध यसअघि फौजदारी अभियोगमा पक्राउ पर्दा उनले प्यारोलका सर्त उल्लंघन गरेको अभियोग लागेको थियो।
याे पनि : रुसमा विपक्षी नेता नभाल्नीकी श्रीमतीसहित सयौं गिरफ्तार, सरकारविरुद्ध हजारौंले प्रदर्शन गरे

प्रतिक्रिया