मनाङमा केन्द्रविन्दु बनाएर मंगलबार राति ९ बजेर ५९ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार भूकम्पको केन्द्रविन्दु मनाङको नारमा रहेको छ।
भूकम्पको केन्द्रविन्दु पोखराबाट ६३ किलोमिटर उत्तरमा पर्छ।
पोखरा, काठमाडौंसहितको विभिन्न स्थानका बासिन्दाले भूकम्पको धक्का महशुस भएको सामाजिक सञ्जालमा लेखेका छन्।
केन्द्रले मनाङको भूकम्प गोरखा भूकम्पकै पराकम्पन नभएको जनाएको छ।
3
Shares

प्रतिक्रिया