राष्ट्रिय समावेश आयोगको अध्यक्षमा सिफारिस भएका मानप्रसाद खत्रीले उक्त पद अस्वीकार गरेका छन्।
तत्कालीन संविधान सभा सदस्यसमेत रहेका खत्रीले वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय एकता अभियानमा लाग्ने भन्दै अध्यक्ष पद अस्वीकार गरेको जनाएका छन्।
खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति भएका थिए।
सरकारले संवैधानिक निकायमा सिफारिस भएका ३४ पदाधिकारीलाई बुधबार शपथ गराएको थियो। तर, खत्री भने उक्त शपथग्रहण कार्यक्रममा अनुपस्थित भएको बताइएको छ।
यसअघि समावेशी आयोगको सदस्यमा सिफारिस गरिएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकारको घोषणा गरिसकेका छन्।

प्रतिक्रिया