राजनीति


प्रचण्ड–नेपाल समूहको आमहडताल: अष्टलक्ष्मी शाक्यसहित ६० भन्दा बढी नेता/कार्यकर्ता गिरफ्तार

प्रचण्ड–नेपाल समूहको आमहडताल: अष्टलक्ष्मी शाक्यसहित ६० भन्दा बढी नेता/कार्यकर्ता गिरफ्तार

नेपालखबर
माघ २२, २०७७ बिहिबार २:७,

आमहडताल सफल पार्न काठमाडौंमा परिचालित प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ६० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ashtalaxmi2

अष्टलक्ष्मी शाक्य कलंकी चोकका लागि आमहडताल कमान्डर हुन्।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले नेपालखबरसँग भने, ‘अहिलेसम्म ५०/६० जना नेता/कार्यकर्ता पक्राउ गरिएको सूचना आएको छ, डिटेल आउने क्रम जारी छ।’

उनका अनुसार अष्टलक्ष्मी शाक्यलाई कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

ashtalaxmi3

नेता रिजालका अनुसार नेता हितमान शाक्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ।

तीनवटा गाडीमा क्षति

प्रहरीले भने ७५ भन्दा बढी नेता/कार्यकर्तालाई पक्राउ गरिएकाे जनाएकाे छ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशीलसिंह राठौरका अनुसार केही केन्द्रीय नेतासहित तोडफोडमा संलग्नलाई पक्राउ गरिएकाे हाे। 

राजधानीमा बन्दकर्ताले तीनवटा गाडीमा क्षति पुर्‍याएका छन्। एउटा टाटासुमो, एउटा ट्याक्सी र एउटा बसमा क्षति पुर्‍याइएकाे हाे।

प्रहरीका अनसार गंगबुमा टाटासुमो र मित्रपार्कमा बस तोडफोड गरेका छन्। गंगबुमा बिहानै ट्याक्सीमा आगजनी गरिएकाे हाे।  

आफ्नो बन्द सफल पार्न बिहीबार बिहानैदेखि काठमाडौंका सडकमा उत्रिएका नेकपाका नेता कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भइरहेका छन्। 

प्रचण्ड–माधव समूहले हडतालका लागि काठमाडौं उपत्यकाका ११ स्थानमा कमान्डर तोकेको छ।

याे पनि :  आम हड्तालका लागि नेकपाले तोक्यो ११ स्थानका कमान्डर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad