छापा खबर


नेपालमा नियन्त्रणमा आएकै हो कोरोना संक्रमण?

नेपालमा नियन्त्रणमा आएकै हो कोरोना संक्रमण?

नेपालखबर
माघ २२, २०७७ बिहिबार १:५२,

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्।

पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ। यो खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३ जना भक्तपुरमा र ८ जना ललितपुरमा छन्।

एक सातादेखि नयाँ संक्रमणदर हवात्तै घट्दै गएको तथ्यांकले औंल्याए पनि घटेकै हो या हैन भन्ने बलियो आधार नभएको विज्ञहरूको भनाइ छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार परीक्षणको संंख्या कम भएको अवस्थामा कम संक्रमण दर देखिएकोले नियन्त्रण भएको या हैन भन्ने यकिन छैन। डा. पौडेलका अनुसार परीक्षण संख्या बढाएर थप दुई साताको स्थिति हेरेपछि मात्र कोरोना नियन्त्रण भएको या हैन भन्न सकिन्छ।

‘परीक्षण बढाएर मात्र संक्रमण दर हेर्नुपर्छ, अहिले सरकारले परीक्षण कम गरेको छ,’ उनले भने। डा.पौडेलेका विचारमा परीक्षण कम भएर र भाइरस आफैँ कमजोर भएर पनि समुदायमा कम लक्षण भएकाहरू हुन सक्छन् जो परीक्षणमा आइपुगेका छैनन्। अर्को कुरा बेलायमा देखिएको नयाँ भेरियन्टको कोरोना फैलिन सक्ने जोखिम उत्तिकै भएकोले अहिल्यै नियन्त्रण भएको भन्न सकिँदैन।

‘नयाँ भेरियन्टको भाइरस नेपालमा देखिनु र आमसभा र जुलुस बढेको अवस्थामा फेरि दोस्रो लहर आउन सक्छ,’ उनले भने।कोभिड १० खोप व्यवस्थापन समितिका संयोजक डा. श्यामराज उपे्रती पनि परीक्षण कम भएको अवस्थामा आउने संक्रमण दरको आधारमा नियन्यण भएको भन्न नसकिने बताउँछन्। डा. उपे्रतीका अनुसार सरकारले संक्रमित संख्या बढी देखिएका स्थानहरूमा धेरैको संख्यामा परीक्षण गर्नुपर्छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा मुख्य सहरमा आम मानिसमा कोरोना संक्रमण फैलिएपछि नियन्त्रणतिर गएको बताए। गाउँको हकमा आम मानिसमा फैलिन नसकेकोले नियन्त्रणतिर गएको बताए। सहरमा भीडभाड हुने कारण धेरैमा फैलिएको हो। गाउँको हकमा सामाजिक दूरी राख्ने भौगोलिक तथा सांस्कृतिक मान्यता रहेकोले कोरोना आम मानिसमा फैलिन नपाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad