प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज बिहीबार आमहड्ताल गरेको छ।
यस क्रममा काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि प्रहरी र नेकपा कार्यकर्ताबीच तनाव भइरहेकाे छ।
हडताल सफल बनाउन नेकपा कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन्।
यस क्रममा केही ठाउँमा प्रहरीसँग घम्साघम्सी भएको हाे। हडताल सफल बनाउन हिँडेका नेकपाका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपाका ४० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेको सूचना प्राप्त भएका छन्।
प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादका बीच बुधबार संवैधानियक आयोगमा ‘जबर्जस्ती’ नियुक्ति गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) देशव्यापी आमहडताल गरेको हो।
ओली समूहमै रहेका गृहमन्त्री रामबहादुर थापाले आमहडताल उल्लंघन गर्न हिजै प्रहरीलाई निर्देशन दिइसकेका छन्।
याे पनि :
गृह मन्त्रालय भन्छ: हड्ताल गर्नेलाई कारबाही गर्छौँ, व्यवसाय सञ्चालन गर्नुस्

प्रतिक्रिया