राजनीति


सेनाको नजरबन्दमा रहेकी नेत्री सुचीविरुद्ध विभिन्न अभियोग दर्ता, फेब्रुअरी १५ सम्म हिरासतमै

सेनाको नजरबन्दमा रहेकी नेत्री सुचीविरुद्ध विभिन्न अभियोग दर्ता, फेब्रुअरी १५ सम्म हिरासतमै

नेपालखबर
माघ २२, २०७७ बिहिबार ०:४७,

सेनाको नजरबन्दमा रहेकी म्यानमारकी जननिर्वाचित नेत्री आङ सान सुचीविरुद्ध प्रहरीले विभिन्न अभियोग दर्ता गराएको छ।

प्रहरीका दस्तावेजअनुसार उनलाई फेब्रुअरी १५ तारिखसम्म हिरासतमा राखिनेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेत्री सूचीलाई आयात तथा निर्यातसम्बन्धी कानुन उल्लंघ गरेको र सञ्चारका अवैध उपकरण राखेकोलगायत अभियोग लगाइएका हुन्।

म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिँदै नेत्री सुची, राष्ट्रपतिलगायत प्रजातान्त्रिक नेताहरूलाई नियन्त्रणमा राखेको छ।

नेत्री सुचीलाई कहाँ राखिएको छ भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। तर कतिपय विवरणअनुसार उनलाई राजधानी नेपिद्‌अस्थित निवासमै नजरबन्दमा राखिएको छ।

पदबाट हटाइएका म्यानमारका राष्ट्रपति विन मिनविरुद्ध पनि प्रहरीले अभियोग दर्ता गरेको छ।

उनीविरुद्ध कोरोना महामारीबीच भेलासम्बन्धी नियम उल्लंघन गरेको अभियोग लगाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad