समाज


दूधे बालक दुई दिनदेखि बेपत्ता : अपहरणको आशंका

दूधे बालक दुई दिनदेखि बेपत्ता : अपहरणको आशंका

नेपालखबर
माघ २२, २०७७ बिहिबार ०:२६,

सिरहाको सिरहा नगरपालिका-१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझदेखि बेपत्ता भएका छन्।

आफ्नै घरको आँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएका हुन्। उनको अपहरण भएको आशंका परिवारजनले गरेका छन्।

आफू घरभित्र खाना पकाउन गएको बेला अचानक छोरो हराएको बालककी आमा संगीता यादवले जानकारी दिइन्। हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेको उनले बताइन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलले बालक हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad