कोरोना संक्रमणका कारण बेलायतमा थप १ हजार ३ सय २२ जनाको मृत्यु भएकाे छ।
याेसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९ हजार ३३५ पुगेको छ।
‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’का अनुसार पछिल्लो २४ घन्टामा १९ हजार २०२ जना संक्रमित थपिएका छन्। याेसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ७१ हजार ८२५ पुगेको छ।
कोरोनाको नयाँ स्वरूप फैलिएयता बेलायतमा यसबाट हुने संक्रमण र मृत्यु दर पनि बढेको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया